कला

‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रह लोकार्पण

कवि नवीन अभिलाषीको कविता सङ्ग्रह ‘मौलामा बाँधिएको राँगो’ सार्वजनिक भएको छ। डा. अमर गिरीको प्रमुख आतिथ्य तथा साहित्यकारहरू महेश पौडेल, सबिता विमली लगायतको उपस्थितिमा काठमाडौंमा उक्त कविता सङ्ग्रहको विमोचन भएको हो।

साहित्यकारहरू टीकाराम उदासीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कवि तथा समालोचक डा. अमर गिरीले कविता विधा सर्वप्रिय विधा भए पनि वर्तमानमा पुरानो पुस्ताका जस्तो सशक्त कविता पाउन नसकिरहेको परिप्रेक्ष्यमा कवि नवीन अभिलाषीले सबल कविता प्रस्तुत गरेको बताए। कार्यक्रममा बोल्दै कवि नवीन अभिलाषीले यथार्थताको धरातलबाट उभिएर नै आफूले कविताको सिर्जना गरेको र आउँदा दिनमा पनि अझै सचेत भएर सिर्जनालाई अगाडि बढाउने बताए। 

प्रकाशित: ४ असार २०७९ ०२:०० शनिबार

अक्षर