कला

उपचार

लघुकथा

नारायणी (पौडेल) खनाल

चेतना छोरीको अगाडि बसेर भन्दै थिइन्, ‘तिमीहरूलाई याद छ? कोरोना वर्ष अगाडि हामी आदरणीय गोविन्द दाजुको घरमा दशैंको टिका लगाउन गएका थियौं। त्यतिबेला उहाँले भन्नुभएको थियो,‘गरीगरी हार खानु अथवा गरेर पनि हार खानुलाई व्यवहार भन्छन्।’

आजभोलि उहाँको त्यो भनाइ महावाणी लाग्छ। त्यही भनाइले मेरो दिमागमा पटकपटक झस्का दिन्छ। कमजोर भएकी छु। शिथिल भएकी छु। पीडाहरू लुकाएर चलेकी छु। अग्रजहरूका भनाइले भाइब्रेसन भएझैं लाग्छ।

चेतना आफ्नै सुरमा बोलिरहिन्। छोरीले बुझी कि बुझिन सोच्दै थिइन्। छोरीले भनी,‘मामु, अब एकदिन हजुर फेरि ठूलो बाबाको घरमा गएर सोध्नुस्, ‘दाजु,  अपमान,  दुर्व्यवहार र दुर्वाच्यबाट दुखेको मनको उपचार के होला?’

प्रकाशित: ३० जेष्ठ २०७९ ०६:०० सोमबार

अक्षर