कला

भानु थपलियाका दुई कृति लोकार्पण

डा. भानु थपलियाका ‘भानुका संस्मरणहरू र मानववाद’ र ‘भानुका भोगाइहरू प्रेरणा र अध्यापन जीवन’ कृति एकैसाथ लोकार्पण भएको छ। यी दुई कृतिको लोकार्पण प्राडा विद्यानाथ कोइराला, प्राडा वासुदेव काफ्ले तथा अतिथिहरूले एकैसाथ गरेका हुन्।

डा. खड्गनारायण श्रेष्ठले लोकार्पित पुस्तकबारे बोल्दै पुस्तकमा मानवीय मूल्य, मान्यता र दर्शनका कुरा राम्रोसँग आएको बताए। त्यस्तै प्राध्यापक प्रयाग भट्टराई वाशिष्ठले लेखकले मान्छेलाई केन्द्रविन्दु बनाएर पुस्तक लेखेको बताए।

प्राडा वासुदेव काफ्लेले कृतिमा आत्मिक विद्रोहको रूपमा मानवतावाद तथा समाजवादको कुरा गर्दै आफूलाई चिन्तकको रूपमा चिनाएको बताए। त्यस्तैगरी लेखकले सिकेको र सिकाएको कुरा व्यवहारमा उतार्दा पक्का हुने भएकाले मानवताको केन्द्रित भई पुस्तक लेखेको बताए।

महिला अध्ययन केन्द्रका सीता ओझाले लेखकको व्यक्तित्व शिष्ट र शालीन भएको बताइन्। उनले भनिन्, ‘मैले लोकार्पित पुस्तक पढ्न पाएकी छुइनँ। उहाँ सबैसित उत्तिकै सहृदयी व्यवहार गर्नुहुन्छ। त्यसैले उहाँको किताबमा पनि व्यवहारको प्रभाव परेको हुनुपर्छ।’

प्राडा विद्यानाथ कोइरालाले चिन्तनको साथ मानववादको कुरालाई अझ सशक्त ढंगले लेख्नुपर्ने सुझाए। वासुदेव ढुंगेलले चलाएको कार्यक्रमा भुँडीपुराण प्रकाशनका निर्देशक केशवप्रसाद पराजुलीले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित: ३० जेष्ठ २०७९ ०४:५२ सोमबार

अक्षर