कला

लेडी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवन विवाह बन्धनमा बाँधिए

साउथ फिल्म इन्डस्ट्रीकी लेडी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवान विवाह बन्धनमा बाँधिएका छन्। यो जोडीले चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा विवाह गरेका थिए। उक्त समारोहमा शाहरुख खान, अजित कुमार, सुरियालगायत धेरै सेलिब्रेटी पुगेका थिए। विवाहको रिसेप्शन १० जूनमा यहीं हुनेछ। रिसेप्शनमा तमिलनाडुका सिएम एमके स्टालिन र साउथ इन्डस्ट्रीसहित बलिउडका धेरै कलाकारहरु पनि सहभागी हुनेछन्।

शाहरुख खान कोभिडबाट निको भएर नयनताराको विवाहमा सहभागी हुन महाबलीपुरम पुगेका छन्। शाहरुख र नयनतारा फिल्म उज्वानुमा सँगै काम गर्दैछन्।

मिडिया रिपोर्टका अनुसार यो जोडीको विवाहमा शाहरुख बाहेक रजनीकान्त, कमल हसन, चिरञ्जीवी, सुरिया, कार्ती, विजय सेतुपति र सामन्था रुथ प्रभु लगायत धेरै ठूला कलाकार सहभागी हुनेछन्। विवाहमा सुरक्षालाई ध्यानमा राख्दै पाहुनालाई विशेष कोड पनि दिइएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ १२:०२ बिहीबार