कला

नायक हमालले गरे विद्यार्थीलाई ट्याब वितरण

नेपाली सिनेमाका नायक राजेश हमाल मंगलबार सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका-८ ज्यामिरेमा पुगेका छन्। पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई ‘के फाण्डेशन’ अमेरिकाको तर्फबाट ट्याब वितरण गर्न उनी पुगेका हुन्।

अमेरिका निवासी प्रकुल न्यौपनेको सहयोगमा दुई विद्यालयका लागि ५/५ वटा  ट्याब वितरण  गरिएको थियो। १६ वर्षीय प्रकुलले ट्याबमा विद्यार्थी सिकाउने नयाँ प्रविधिको प्रयोग गर्दै अनलाईन कोर्सको डिजाइन गरेका हुन्। ट्याब हस्तान्तरण कार्यक्रमा महानायक हमालले अमेरिका निवासी प्रकुल न्यौपानेले दुर्गम क्षेत्रका विद्यार्थीका लागि डिजिटल प्रविधिसँग जोड्न ट्याब उपलब्ध गराउनु आफैँमा प्रशंसानीय काम गरेको बताए।  

ट्याब हस्तान्तरण कार्यक्रमा महानायक हमालले विद्यार्थीलाई ट्याबको सही सदुपयोग गराउन शिक्षकहरुलाई आग्रह गरे। उनले समाजलाई दिशा निर्देशन गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले विद्यार्थीहरुलाई शिक्षामा जोड दिन आग्रह गरे। हमालले विद्यार्थी भविष्यको मात्रै नभएर वर्तमानको पनि सशक्त ‘फोर्स’ रहेको बताए।

दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षलाई प्रविधिसँगै जोड्ने उद्देश्यले विद्यालयलाई ट्याब उपलब्ध गराएको के फाउण्डेशन नेपालका अध्यक्ष सौरभ रिमालले बताए। ‘विद्यालयमा  कम्प्युटर समित हुन्छन्। ट्याबबाट प्रत्येक कक्षा कोठामा पुगेर सिकाउन पनि मिल्छ। सबै विद्यार्थीको पहुँचमा पनि पुग्ने भयो। त्यसकारण हामीले ट्याबलाई वितरण गरेका हौ’, उनले भने।  

त्यस्तै अध्यक्ष रिमालले डिजिटल प्रविधिसँग विद्यार्थीलाई सिकाउने शैलीमा पनि परिवर्तन गर्नु पर्ने बताए। के फाउण्डेशनले चिवन, रामेपछाप, लमजुङ, सिन्धुपाल्चोक लगायतका विभिन्न विद्यालयका विद्यर्थाीलाई शैक्षिक सामग्री, पोषक र पुस्तकालय समेत स्थापना गर्दै आएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०४:३४ बिहीबार