कला

गायक केकेको अन्तिम गीत ‘धूप पानी बहने दे’ आज रिलिज हुँदै

श्रीजीत मुखर्जीको फिल्म ‘शेरदिलः द पिलीभीत सागा’ को ट्रेलर जुन ३ मा रिलिज भएको थियो। अब हालै निर्माण पक्षले फिल्म ‘धूप पानी बेहने दे’ को पहिलो गीत रिलिज गर्ने घोषणा गरेको छ। यो गीत स्वर्गीय गायक केकेले गाएका हुन्, केकेको अन्तिम गीत आज अर्थात असार ६ गते रिलिज हुँदैछ।

चलचित्र समीक्षक तथा ट्रेड विश्लेषक तरण आदर्शले ट्वीटरमा यो जानकारी दिएका हुन्। उनले आइतबार लेखेका थिए, ''शेरदिल' केकेको गीत भोलि रिलिज हुँदैछ। टी-सिरिज र रिलायन्स इन्टरटेनमेन्टले आफ्नो फिल्म 'धूप पानी बहन दे' को पहिलो गीत भोलि रिलिज गर्दैछ। गीतमा केकेको स्वर रहेको छ, गुलजारको संगीत र शान्तनु मोइत्राको संगीत रहेको छ।'

कृष्णकुमार कुननाथ उर्फ ​​केकेको मे ३१ मा हृदयघातका कारण निधन भएको थियो। केके कोलकाताकाे गुरुदास कलेजकाे फेस्टमा प्रस्तुति दिन कोलकाता पुगेका थिए। प्रदर्शनपछि उनी होटल पुगे, जहाँ उनको स्वास्थ्य बिग्रियो। उनलाई तुरुन्तै नजिकैको सीएमआरआई (कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युट) अस्पतालमा लगियो। तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएकाे चिकित्सकहरूले घाेषणा गरेका थिए।

प्रकाशित: २३ जेष्ठ २०७९ ०६:५३ सोमबार