कला

लघुकथा लेखनसम्बन्धी प्रशिक्षण

लघुकथाकार खेमराज पोखरेलले लघुकथा लेखनबारे प्रशिक्षण दिएका छन्। उनले काठमाडौं, बत्तीसपुतलीस्थित तृप्त रेस्टुरेन्टमा लघुकथा कसरी लेख्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

अन्तरक्रियाको अन्त्यमा उनले अरू विधा जस्तो लघुकथा लेख्न सजिलो नभएको बताए। लघुकथामा आवश्यक शब्द मात्रै लेख्नुपर्ने र समापनमा विपरीत भाव आउनै पर्ने भएको हुँदा लघुकथा लेख्न अन्य विधा जस्तो सजिलो हुँदैन। यद्यपि निरन्तर साधना गरे असम्भव भन्ने केही हुँदैन।

सो अन्तरक्रिया कार्यक्रममा डा. विदुर चालिसे,दिपक लोहनी, ममता मृदुल र युवराज मैनाली लघुकथासम्बन्धी मन्तव्य दिएका थिए।

कार्यक्रममा अच्युत घिमिरे, इन्दिरा चापागाई, अप्सरा भट्टराई, कात्यायन, कुमुद शर्मा प्याकुरेल, गङ्गा कर्माचार्य पौडेल, गायत्रीकुमार चापागाईं, जयदेश श्रेष्ठ, दिप मङ्ग्राती, मनिष शर्मा समित, मन्दिरा मधुश्री, ललिता दोषी, नवराज शर्मा, नारायणी पौडेल खनाल, निर्मला बराल, पुष्पा सायरा, मधुसुदनप्रसाद घिमिरे, मिसु श्रेष्ठ, विनोद नेपाल, पौडेल विमुन्स, विष्णुप्रसाद पौडेल, सत्या अधिकारी, संगीता ढुंगाना दाहाल, सुनिता निरौला पौडेल, सुमन दाहाल, शारदा पराजुली, शान्ति सापकोटा, श्रीराम राई लगायतको लघुकथाकारहरूको उपस्थित थिए।    

प्रकाशित: १४ जेष्ठ २०७९ ०७:५७ शनिबार

अक्षर