कृष्णश्री राई
फूल झरेपछि के हुन्छ थाहा होला डालीलाई,
हृदय हाय...! कति दुख्छ हेक्का हुन्न मालीलाई।
लतारियो पछारियो भुइँ झ¥यो प्रिय फूल,
आँसुको मोल अनमोल छ सोध देउरालीलाई।
हिंड्दाहिंड्दै कालो पर्दा खस्यो गोधूलिमै,
वियोगमा दर्द धेरै थकित घामको लालीलाई।
कहिले फूल मुस्कुराउने कहिले ओइलाइजाने,
जिन्दगीको अर्थ था’छ ओराली र उकालीलाई।
प्रकाशित: ६ जेष्ठ २०७९ ०६:४९ शुक्रबार