कला

नाटक

लघुकथा

ढाकामोहन बराल

आम जनतामा खासै चासो विषय बनिसकेको नभए पनि केही व्यक्तिलाई भने यसले अर्थात् स्थानीय निर्वाचनले छोइसकेको छ। यस्ता व्यक्तिहरूलाई कसैले क्रियाशील सदस्य, कसैले संगठित सदस्य, कसैले सक्रिय सदस्य वा अन्य केही भन्दा रहेछ्न्।

उर्लापुर गाउँको वडा–३को सामुदायिक भवनमा आज माथि उल्लेख गरिएजस्तै मानिसहरूको भेला डाकिएको रहेछ। विषय आगामी चुनावमा वडाध्यक्षमा कसलाई उम्मेदवार उठाउने भन्ने रहेछ। धेरैले आफ्नो इच्छा देखाए। सहमतिको सम्भावना देखिएन। पूरा दिन बितेर जान लाग्यो। अन्त्यमा आयोजकले सबै अगुवा कार्यकर्तालाई एकएक चिट दिंदै भने, ‘यहाँ हजुरहरू सबैलाई एकएक चिट दिइन्छ। हजुरहरूले आफूहरूमध्ये आफूलाई योग्य लागेको व्यक्तिको नाम लेखेर दिनु होला। जुन व्यक्तिलाई धेरैले योग्य देख्छ्न्, उसलाई नै हाम्रो दलको तर्फबाट उम्मेदवार बनाइने छ।’

सबैलाई एकएक चिट बाँडियो। सबैले नाम लेख्दै बुझाउँदै गरे। अन्तिममा सबै खोलेर हेरियो तर कसैको नाम पनि दोहोरिएन। उता सदरमुकाममा भने उक्त भेलामा आउँदै नआएको बले ठेकेदारलाई वडाध्यक्षमा उठाउने सम्झौता भइसकेको छ।

प्रकाशित: २१ वैशाख २०७९ ०१:२० बुधबार

अक्षर