कला

घरपरिवारले साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे

महिलाले अवसर पाए गर्न नसक्ने केही छैन। तर, पितृसत्तात्मक सोचकै कारण कतिपय ठाउँमा क्षमतावान् महिलालाई अवसर दिइँदैन। त्यसो त समाजमा आशाको किरण छरिंदै छ। अहिलेका पुस्ताले नारी र पुरुषलाई एउटै स्थानमा राख्न थालेको छ। घरपरिवारमा महिला लेखकको अवस्था कस्तो छ भनेर बुझ्न मैले साहित्यकार शान्ति शर्मालाई केही कुरा सोधेको थिएँ। यहाँ त्यही कुरा प्रस्तुत गरिएको छ:

 १) नारीलाई लेख्न कतिको सजिलो छ?

 – महिलाले गर्नुपर्ने काम धेरै छन्। बालबच्चा जन्माएर तिनीहरूलाई हुर्काउन,बढाउन घरपरिवारमै महिलाले धेरै समय खर्चिनुपर्दा नारी लेखकलाई पुरुषलाई जति सजिलो छैन।

२) तपाईले घरपरिवार (श्रीमान) बाट कतिको साथसहयोग पाउनुभएको छ?

– लेखनका लागि मलाई घरपरिवारको पूर्ण सपोर्ट छ। घरपरिवारले साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे। घरपरिवारको साथसहयोग नभएकै  कारण  कति महिलाको लेखन बिचमै राकिएको छ।

 ३) नारी र पुरुषको लेखाइमा फरक पाइन्छ कि?

– नारी र पुरुषको लेखाइमा फरक त हुन्छ नै किनभने सबैको आआफ्नो तरीका हुन्छ, कल्पना र सपना फरक हुन्छ। पुरुष बन्द कोठामा बसेर आनन्दले लेख्न सक्छन् तर महिलाले घरको सबै व्यवस्थापन गरेर मात्र समय पाउँछन्। फेरि लेख्ने कुरा अब बसेर लेख्छु भनेर लेखिंदैन। समय तोकेर लेखिंदैन। कुनबेला कहाँ केले छुन्छ र लेख्न मन लाग्छ र लेख्ने गर्छु।

 ४)  समाजमा नारी लेखकप्रति कस्तो व्यवहार पाउनुभएको छ?

 –समाजले नारी लेखकलाई त्यति खास गन्दैनन् जस्तो लाग्छ।

 ५) नारी लेखकमा कतिको निरन्तरता पाउनुभएको छ?

 –अहिले नारीहरू पनि लेखनमा निकै अगाडि छन्। महिला लेखकमा  निरन्तरता र प्रतिस्पर्धा पनि बढ्दै गएको छ।

प्रकाशित: १६ वैशाख २०७९ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App