कला

साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृति क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएका तीन सम्मानहरूका लागि यस वर्षका स्रष्टाहरूको नाम चयन गरेको छ।

वैशाख १२ मा साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सर्वसम्मतिद्वारा यी नामहरू चयन गरेको हो।

बैठकको निर्णयअनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वतीसम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुयाउँदै आएका प्राडा त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान पु¥याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायणगोपाल सङ्गीतसम्मान प्रदान गरिने भएको छ।

यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि उक्त रकम बढाएर १ लाख ५१ हजार पुर्‍याइएको छ। उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा यही वैशाख २७ गते काठमाडौँमा प्रदान गरिने छ।

प्रकाशित: १४ वैशाख २०७९ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App