कला

गोरखवाणी लोकार्पित

गुरु गोरखनाथका वाणीमा आधारित डा.चिन्तामणि योगीद्वारा लेखिएको ‘गोरखवाणी’ सार्वजनिक भएको छ। उक्त पुस्तकको लोकार्पण पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले गरेका हुन्।

उक्त सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्राडा अर्यालले गोरखवाणी सधैं र सबैका लागि उपयोगी हुने भएकाले यस पुस्तकको बढीभन्दा बढी प्रचारपसार हुनुपर्ने बताए। लोकार्पित पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले आजको व्यस्त र अव्यवस्थित जीवनलाई सार्थक बनाउन ‘गोरखवाणी’ निकै सहयोगी हुने धारणा राखे।

नयाँ वर्षकोे उपलक्ष्यमा शान्ति सेवा आश्रमले आयोजना गरेको विशेष कार्यक्रममा विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी, समाजसेवी किरण थापा, इन्जिनियर राजुप्रसाद उपाध्याय, मिडिया सर्भिस नेपालका रमेश खड्का, मन्जु भट्ट लगायतले शुभकामना दिएका थिए। 

प्रकाशित: ९ वैशाख २०७९ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App