कला

मेरोपछि नआऊ है

सेलो

प्रतिमा तामाङ

लुखुर–लुखुर मेरोपछि नआऊ है

झटारो हान्छु नि मायाको

लाग्ने गरी मुटुमा अनि पो थाहा पाउने हो

तिम्रोपछि किन आउनु नि

मेरो जाने दिशा त्यहाँ हो

रिसालु माया नलाउनु

दिने भए खुशीले दिइहाल्नु

सोल्टिनी भनी माफ गरें

नत्र त भगाई लाने थें

के ठान्यौ तिमीले मलाई

मर्दको छोरो हुँ म पनि

हो के त?

नकली माया लाग्दैछ

लाजले अघिअघि भाग्दैछ

लु मर्दको छोरा हो भने

एकचोटि छेउ आई बस त।

प्रकाशित: ७ वैशाख २०७९ ०८:२२ बुधबार

अक्षर