कला

तिम्रो याद पनि आइरहेकै छ

एनवि दाहाल नविन

पहिले तिमीलाई म चिन्दिन थिएँ न त तिमीले मलाई,

अहिले मलाई तिमी माया गर्छयौ अनि म तिमीलाई।

ठिकठाक नै छयौ तिमी म पनि ठिकठाक नै छु है,

तैपनि नजर मेरो खोजिरहयो है प्यारी तिमीलाई नै है।

कसैले दिंदैनन् होला तिमीलाई मैले माया दिए जति,

कसैले लाउँदैनन होला मलाई पिरती तिमीले लाए जति।

यता त झरी परिरहेकै छ तिम्रो याद पनि आइरहेकै छ,

मनले त्यही मन खोजिरहेको छ तनले त्यही तन रोजिरहेको छ।

प्रकाशित: ३ वैशाख २०७९ ०६:०७ शनिबार

अक्षर