कला

खेमलाल पोखरेलका साइनो कविता संग्रह लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा खेमलाल पोखरेलका साइनो कविता संग्रह प्राज्ञ देवी नेपाल, डा तुलसी भट्टराई, प्राडा रामप्रसाद ज्ञवाली र नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्राज्ञ देवी नेपालले सधैं उत्साही, नमुना र युवा देखिने खेमलाल पोखरेलको साइनोमा विद्युतीय झट्का हुने बताए। साइनो नाता सम्बन्धमा आकर्षण, नवीनता र सार्थकता हुने बताए। डा.तुलसी भट्टराईले उनको साइनोको विषयवस्तुमा नयाँपन भएको बताए।

त्यसैगरी प्राडा रामप्रसाद ज्ञवालीले साइनोकारको व्यक्तित्व बालबालिकामा जस्तै निर्मलता, निश्छलता र सरलता भएको बताउँदै सधैं बालहृदय लिएर बाँचून् भन्ने शुभेच्छा व्यक्त गरेका थिए। उनले पोखरेलको साइनोमा युगबोध र विश्वव्यापी चिन्तन भएको पनि बताए।

कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले साइनोकार व्यवस्थापकीय क्षमता भएको र धेरै भाषाको जानकार भएको भन्दै उनको प्रशंसा गरेका थिए। उनले साइनोलाई विश्वस्तरमा लैजाने विशेष पहले गर्ने पनि बताए।

कार्यक्रममा साइनोकार पोखरेलकी छोरी सुमा पोखरेलले बाबाको  प्रभावमा परी लेखेको कविता वाच्दै कार्यक्रम सहभागी सबैलाई धन्यवाद दिएकी थिइन्। कार्यक्रममा सरिना केसी, शान्दिदीप र शान्ता पौडेल कृतिका साइनो वाचेका थिए। कार्यक्रममा साइनोकार हरिप्रसाद चौलागाईले लेखकको सुस्वस्थ तथा निरन्तर लेखनको कामना गरेका थिए।

साइनो वाङमय प्रतिष्ठान, नेपालको सल्लाहकार तथा साइनोका प्रणेता छायादत्त न्यौपानेको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा शेखर अर्यालले चलाएको थियो भने शेखरकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए।  

प्रकाशित: ३ वैशाख २०७९ ०२:५६ शनिबार

अक्षर