कला

यात्रा

कविता

वान्तावा सिरेन 

म आधा बाटो पुगेपछि

हिंडिरहेका गल्लीहरूमध्ये

अन्तै जाने मूल सडकलाई पछ्याउँदै

ठिक्क बीचमा छिनाएर,

आफ्नै गाउँ लाग्छु।

मेरा गल्लीहरूमा,

बैजनी गगन वैरिएको मुन्तिर

होचा बस्तीहरू

र,

हिमालका चुचुराहरू लजाएकातिर।

चिसो चउरका पहेंलो काँफमा

बुढो ओखरका रुखको कडा गन्ध सुँघ्दै

चढिरहेका गन्धे लहरामा लहरिरहेका

आधापिल्टो उज्यालोमा,

जहाँ भोकाएका भमराहरू झुमिरहेका छन्।

र म

कालो चौडामा आतुर यात्रा गरिरहेको हुन्छु

ढुंगाको भारी बोकेर,

आकाश झारेर,

अँध्यारो छेक्न,

पहाड उचालेर साँध लगाउन।

प्रकाशित: २६ चैत्र २०७८ ०२:४० शनिबार

अक्षर