कला

गहना

लघुकथा

देवकी केसी

शिलु र रमेशको लगनगाँठो कसिएको महिना दिन नबित्दै गहनाले ढाकिएको उनको शरीर देखेर उनका नन्द–आमाजू ईर्ष्या गर्न थाले। उनीहरू त शिलुको गहनाहरूमा एकएक गरेर आआफ्नो लगानी र ऋणको हिस्साको हिसाब गर्दै शिलुमाथि नै कटु वचन प्रहार गर्न थाले। उनीहरूका वचनको घाउले नव वधू शिलुको मनमा निकै गहिरो चोट लाग्यो।

त्यसपछि शिलुले ऐनाको अघिल्तिर उभिंदै पालैपालो आफ्ना हातपाउ, नाक, कान र गलाका गहनाहरू उतारेर टेबलमा राखिन्।

क्षणभरमै गहनाले धपधपी बलेको शिलुको शरीर त पात झरेको रुखजस्तो उजाड भयो। शिलु सबै गहना उतार्दा नराम्री त भइन् तर गहनाले सजाइदिएर वचनको धारले रेटेर अशान्त बनेको आफ्नो मन बिनागहना नै शान्त महसुस गर्न थालिन् शिललेु।

प्रकाशित: २५ चैत्र २०७८ ०६:४४ शुक्रबार

अक्षर