कला

रक्सी र भ्यू टावर

कविता

आर. मानन्धर

ऊ आफ्नो पैसाले रक्सी खान्छ

बियर खान्छ, मासु खान्छ

तर भातभान्साको लागि

माग्दै हिंड्छ

रिन खोज्दै हिंड्छ

किनभने रक्सी र मासु

ऊ एक्लै खानका लागि हो

भातभान्सा पूरै परिवारका लागि हो!

उसको देशले आफ्नै पैसाले

धरहरा बनाउँछ

भ्यू टावर बनाउँछ

तर सडक बनाउन

सम्पदा बनाउन

पुल बनाउन

देश चलाउन

माग्दै हिंड्छ

रिन खोज्दै हिंड्छ।

किनभने,

धरहरा र भ्यू टावर

सरकारको आफ्नै फाइदाका लागि हो

सडक र पुल बनाउने

अनि देश बनाउने त

सारा जनताका लागि हो!

प्रकाशित: २३ चैत्र २०७८ ०७:३८ बुधबार

अक्षर