कला

चोखो मायामा सत्य कुनै दल बदल हु‍ँदैन

गजल

त्रिविक्रम पाण्डे

अधुरो अपुरोपनको मुद्दा कहिल्यै हल हु‍ँदैन,

कतै आ‍ँखा हु‍ँदैन यहाँ लौ कतै गाजल हु‍ँदैन।

आफ्नो त्यो कहानी खै कसरी पूरा गर्ने होला,

चोखो मायामा सत्य कुनै दल बदल हु‍ँदैन।

निधारको पसिना बाहुलाले पुछ्ने बानी लागेपछि,

हरघडी हरपल प्रेयसीको नरम आ‍ँचल हु‍ँदैन।

अनोठै हो बुढ्यौलीमा पनि प्रेमिल मीठो ठट्यौली,

जसलाई मन चाहन्छ उही आफ्नो एकपल हु‍ँदैन।

सबैबाट अपेक्षा गर्छौं तिमी पक्का इमान्दारी,

साउन–भदौमा गर्जने त्यो कुहिरो बादल हु‍ँदैन

प्रकाशित: १८ चैत्र २०७८ ०४:२५ शुक्रबार

अक्षर