कला

अर्को नाटक

लघुकथा

खगेन्द्र बस्याल

ऊ आफ्नी प्रेमिकालाई लिएर नाट्यशाला पुग्यो। जहाँ यस वर्षकै सर्वाधिक चर्चित नाटक ‘हिउँको पानी’ चलिरहेको थियोे।

धेरै समयपछि नाटक हेर्ने साइत जुरेकाले उनी पनि श्रृंगार र पहिरनमा कुनै कमी हुन दिएकी थिइनन्।

जब नाटक सुरु भयो, ऊ उनीलाई मात्रै हेरिरह्यो। यसरी निकैबेर गहिरिएर हेरिसकेको थाहा पाएपछि उनीले सोधिन्,‘यति राम्रो नाटक चलिरहेको छ तर तपाईं मलाई मात्रै हेरिरहनुभएको छ, किन?’

उसले भन्यो, ‘तिम्रो मुहार नै मलाई संसारकै उत्कृष्ट नाटक  लागिरहेको छ। यो नाटक त फेरि एक्लै आएर हेर्न सक्छु नि।’

प्रकाशित: १७ चैत्र २०७८ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App