कला

हिउँद

कविता

सिरेन बान्तावा राई

धुपीका ठिक पछाडि,

रंग उडेका सूर्य।

श्रापित आगो जस्तो आँसु झारेर,

गोधूलिसँग निदाइरहेछ।

चुपचाप तन्किन,

खोज्ने चियाको मुनाहरूलाई

सुम्सुमाइरहेछ माधुर्य पवनले।

भ्वाइलिन रेट्दै प्रेमका क्रन्दनमा अलापिएर

उत्तेजित हुइँकिरहन्छ धर्मराउँदै

अन्तै स्नेह दर्शाएर,

शून्यतामा छामछामछुमछुम।

बालाबाट झर्ने अन्नको दानाझैं,

घरीको घरी फतफत झरिरहने  बादल बीच।

शिशिर याममा सूर्यास्त हुँदाका

खैरो र गुलावी आकाशमुनि,

यो निखुर हिउँद।

प्रकाशित: १६ चैत्र २०७८ ०७:२९ बुधबार

अक्षर