कला

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै छिन्। पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन्।

दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्ने छन्।

अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्। 

प्रकाशित: ८ चैत्र २०७८ ०१:४९ मंगलबार