कला

बिरालो र कुकुर तिम्रो घरैभित्र पस्ने

गीत

शिव पलाँस

जसले सिउँछ देशको लागि चन्द्र, सूर्य झण्डा,

ऊ कसरी सानो हुन्छ अरू मान्छेभन्दा?

 

पसिना नि चल्ने अरे रगत पनि चल्ने,

पानी भने नचल्ने रे कहिले यो सोच ढल्ने।

मन्दिरभित्र पूजा गर्ने मुर्ति  कुँद्छ जसले,

मन्दिरको ढोका बाहिरै किन बस्ने उसले?

किताबमा सबै समान भोगाइमा छ भेद,

बराबरी हुने हामी कहिलेदेखि हो त।

 

बिरालो र कुकुर तिम्रो घरैभित्र पस्ने,

गुन्द्रीमाथि तिमी हामीसँगै कहिले बस्ने? 

प्रकाशित: ३ चैत्र २०७८ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App