कला

तिमी हिँड्ने धर्ती यहीँ, तिमीले हेर्ने आकाश उहीँ

गीत

वसन्त वित्यासी थापा

 

तिमी हिंड्ने धर्ती यहीं, तिमीले हेर्ने आकाश उहीं,

तिमी र म पुग्ने गन्तव्य, आखिर हो नि स्वर्ग त्यहीं।

तिमीले भोग्ने संसार, मैले देख्ने संसार,

हाम्रो भोगाइ उस्तै, तिम्रो हेराइ त्यस्तै।

तिम्रो मेरो सोचाइको आधार हो एउटै

तिमी बस्ने घर यहीं, तिमीले खेल्ने आँगन उहीं,

तिमी र म पुग्ने गन्तव्य, आखिर हो नि स्वर्ग त्यहीं।

 

तिमीले फेर्ने सास, मैले बाँच्ने सास,

हाम्रो धड्कन उस्तै, तिम्रो जीवन त्यस्तै

तिम्रो मेरो रोजाइको आधार हो एउटै

तिमी घुम्ने बस्ती यहीं, तिमीले जिउने समाज उहीं

तिमी र म पुग्ने गन्तव्य, आखिर हो नि स्वर्ग त्यहीं।

प्रकाशित: २८ फाल्गुन २०७८ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App