कला

काठमाडौं महानगरको मेयर बन्ने महानायकको चाहना

महानायक राजेश हमालले काठमाडौं सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको बताएका छन्। 'राजेश हमाल अफिसियल' नामक युट्युब च्यानलमा पोस्ट गरिएको भ्लगको ट्रेलरमा हमालले काठमाडौं महानगरको विकासमा कसैको ध्यान पुग्न नसकेको बताएका हुन्।

यहि वैशाख ३० गते स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका हुन्।

काठमाडौं महानगरको सम्पूर्ण विकासमा कसैको ध्यान नपुगेको उल्लेख गर्दै उनले भनेका छन्, 'सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन। भाषणमा चाहिँ भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो कि ढंग नपुगेर हो कि? बरु एकचोटि काठमाडौं शहरको मेयर बन्नु पर्छ कि क्या हाे।'

मनोरन्जन क्षेत्रका विभिन्न व्यक्तिहरुले आफू उम्मेदवार बने शहरको विकास गर्न सक्ने बताउँदै आएका छन्। यसअघि र्‍यापर बालेन शाहले आफू काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्।

प्रकाशित: २७ फाल्गुन २०७८ १२:३४ शुक्रबार