किशोर केसी
परिवारको आवश्यकता पूरा गर्ने औकात नभएपछि उपदेश छाँट्ने विचार गरें।
–सुन, देवकोटाले मुनामदनमा के भन्नुभाथ्यो, हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले।
व्याख्या पनि गरूँला भन्दै थिएँ, सानी छोरी बोलिहाली, ‘साग र सिस्नुले मात्तै हुन्छ? भिटामिन एले मात्तै हुन्छ?’
एकछिनसम्म मेरो मुख आँ भइरह्यो।
आमाचाहिंले थपी, ‘त्यही त सुनका थैला कल्ले माग्यो?’
–ऊनका थैला ल्याउनु न जाडामा।
आँ भाको मुख बन्द गरेर एक घुट्की थुक निलेपछि ‘साह्रै गलियो हो’ भन्दै सुत्न हिंडें।
प्रकाशित: २७ फाल्गुन २०७८ ०७:२१ शुक्रबार