कला

एउटा फूल देउरालीमा पर्खाएर पर गयौ

गजल

गौरी न्यौपाने

एउटा फूल देउरालीमा पर्खाएर पर गयौ,

फूलको कोमल मुटुलाई चर्काएर पर गयौ।

 

सुनाखरी, लालुपाते गुराँसका डालीसँगै,

हुर्किएको गोदावरी धर्काएर पर गयौ।

 

सिउँदो भर्न रातो गुराँस आशिष् मागिरहे,

झरी बनाई नयनलाई बर्साएर पर गयौ।

 

ओइलियो वसन्तमा फक्री फूलको  थुँगा,

देउरालीमा घाटुँसगै बिसाएर पर गयौ।

 

उता मन फेरिएछ यता उस्तै जलिरयो,

कोरेपछि लक्ष्मण रेखा टेकाएर पर गयौ।

प्रकाशित: २१ फाल्गुन २०७८ ०५:३६ शनिबार

अक्षर