कला

तिमीले चुँडेर फ्याँकेको दोबाटोको फूल हुँ म

गीत

भुवन शिवाकोटी ‘चौघरे’

तिमीले चुँडेर फ्याँकेको दोबाटोको फूल हुँ म,

चोटहरूको हिसाब छैन जसले पनि कुल्चेर हिंड्छन्।

 

न फूल भइ हाँस्न दियौ न फूल भई बाँच्न दियौ,

न देवताको पाउमा पुगें न गलाको माला बनायौ।

तिमीले चुँडेर फ्याँकेको दोबाटोको फूल हुँ म,

चोटहरूको हिसाब छैन जसले पनि कुल्चेर हिंड्छन्।

 

न तिमीले साथमै लग्यौ न फूलबारीमा झुल्न दियौ,

न घाटका लागि भएँ म न मायाको साक्षी बनायौ।

तिमीले चुँडेर फ्याँकेको दोबाटोको फूल हुँ म, 

चोटहरूको हिसाब छैन जसले पनि कुल्चेर हिंड्छन।

प्रकाशित: १९ फाल्गुन २०७८ ०६:३९ बिहीबार

अक्षर