कला

मेयर्स फेलोसिफ शोध ग्रन्थ सार्वजनिक

काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप ‘शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो।

महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले ग्रन्थ सार्वजनिक गरेका हुन्। त्यस अवसरमा संघ र प्रदेश सभा सदस्यहरू पनि उपस्थित थिए।

शोध ग्रन्थ सार्वजनिक गरेपछि बोल्दै मेयर शाक्यले, अध्ययनबाट सहरी विकास र सुविधा वितरणका क्षेत्रका लागि वास्तविकतामा आधारित आवश्यकता सम्बन्धी विवरण प्राप्त भएको बताए। त्यस क्रममा मेयर शाक्यले भने, ‘काठमाडौंमा देशका सबै ठाउँका नागरिक, स्थानीय शासन र व्यवस्थापनका विद्यार्थी, राजनीतिज्ञसहित सबै क्षेत्र र पक्षका मानछे बस्छन्। त्यसैले काठमाडौं नीति र कार्यक्रममा धेरैको चासो रहन्छ।

यी हरेक कोणबाट आउने प्रश्नलाई अनुसन्धानमा आधारित उत्तर दिन हामीले निर्वाचित भएर आएदेखि अध्ययनमा आधारित योजना तर्जुमा पद्धति अपनाउन थालेका हौं।’ अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनका विषयमा कुरा गर्दै मेयर शाक्यले, अब काठमाडौं निर्माण गर्ने, विकास योजनालाई प्राथमिकता दिने कामका लागि आधार प्राप्त भएको बताए।

‘प्रतिवेदनले देखाएका विषय राजनीतिक दलले चुनावी घोषणा पत्रमा राख्न उपयुक्त छन्। प्रतिवेदनका सुझाव हामी कार्यान्वयन गर्दै जान्छौं। यसैगरी राजनीतिक दलहरू, संघ र प्रदेश सरकारलाई पनि पठाउँछौं।’

त्यस क्रममा संघीय संसद सुजिता शाक्यले महानगरका राम्रा कामहरूमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन। महानगरको यो अध्ययनबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’ का कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्नेमा आफू आशावादी रहेको संसद सदस्य शाक्यको भनाइ थियो।

प्रतिवेदनबाट महत्त्वपूर्ण दस्तावेज प्राप्त भएका छन्। यसले आउँदा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न धेरै सहज हुनेछ। कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘विज्ञहरूबाट भएका क्षेत्रगत अनुसन्धानबाट राजनीति गर्ने व्यक्तिलाई धारणा निर्माणमा धेरै सजिलो हुन्छ। जनताको आवश्यकता र विज्ञको सुझाव मिलाएरपछि दिगो विकास पाउन टाढा जानु पर्दैन।’ विकासको आयाम परिवर्तनशील हुन्छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App