कला

रुवा हो कि के हो?

बालकविता

रमेशचन्द्र घिमिरे

झ्याङ्कट पोली उडेजस्तो धुवाँ हो कि के हो?

बिनामेसै फैलिएको रुवा हो कि के हो?

घामको राप आउन नदिई बिचै बाटो छेक्यो

कसका आँखा तिखा छन् खै हिमाल कसले देख्यो?

बाफै बाफले भरिएको कुवा हो कि के हो?

मान्द्रोमाथि फिँजाएको रुवा हो कि के हो?

नीलो आकाश छोपिएर पुग्यो कुन्नि कता

हेर्दाहेर्दै डाँडाकाँडा लुक्यो कुन्नि कता

थुप्रिएको सिमलको भुवा हो कि के हो?

कुहिरो जस्तै देखिने त्यो रुवा हो कि के हो?

प्रकाशित: १४ फाल्गुन २०७८ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App