कला

जोन्छेंका दुई कृति लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साहित्यकार ध्रुवनारायण जोन्छेंका ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले दुवै कृति उत्तिकै पठनीय रहेको बताए। एक प्रसंगमा उनले संस्कृति हाम्रो पहिचान भएको भने। त्यस्तै साहित्यकारद्वय ध्रुव मधिकर्मी र सूर्यप्रसाद लाकोजूले पुस्तकबारे आफ्नो विचार राख्दै पुस्तकहरू पठनीय रहेको विचार राखे।

कार्यक्रममा साहित्यकार ध्रुवनारायण जोन्छेंलाई उनको शैक्षिक तथा साहित्यिक कर्मका लागि कदरपत्रबाट सम्मानित गरिएको थियो। सो कार्यक्रममा लेखक तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य,  बटुक कृष्ण, पवन बनेपाली, गीता दाहाल लगायतले मन्तव्य राखेका  थिए।

कार्यक्रम अक्षरमार्ग प्रकाशन र सिर्जना अभियान समाजले  आयोजना गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७८ ०६:३२ शुक्रबार

अक्षर