कला

अचेल महारानीको नि दरबार जलेको देख्छु

गजल

समीर दाहाल

खै कसरी हो कुन्नि अचेल महारानीको नि दरबार जलेको देख्छु,

पैसा र बैंसको कमी हुन थालेछ क्यारे दिनैपिच्छे मारामार भएको देख्छु।

रवाफै छुट्टै भएको मान्छे हौ तिमी त हामी सानालाई नि नगन्ने,

लगाउँदै–फुकाउँदै गर्ने एउटा सुन्दर हार जस्तो भएको देख्छु।  

सुन्दर लुगा महँगो सामान महत्त्वपूर्ण मानिसको बानी लागेको तिम्लाई,

उनीहरू नै अचेल सार्वजनिक मुद्दामा केरकार भएको देख्छु।

एक बोलीमा बह्माण्ड हल्लाउन सक्ने तिम्रो शक्ति थियो रे,

अहिले बोली बिक्दैन रे उन्को नि सरकार ढलेको देख्छु।  

प्रकाशित: १२ फाल्गुन २०७८ ०८:०७ बिहीबार

अक्षर