कला

तटस्थ

लघुकथा

लता केसी

विवेक पढेलेखेको थियो। भर्खरै मात्र उच्च शिक्षा हासिल गर्‍यो। घरानिया परिवारमा जन्मेको थियो। जल्दोबल्दो युवाशक्ति, समाजमा ऊ प्रतिष्ठित पनि थियो।

एकजना पत्रकार विवेकसमक्ष पुगे र एउटै प्रश्न सोधे,‘तपाईं कुन दलको?’

–दलमा विश्वास गर्दिनँ। म तटस्थ हुँ। पक्ष र विपक्षको खेलले म दिक्क भएँ।

उसको विचारबाट प्रभावित भएर पत्रकारले भने,‘तपाईं जस्ता युवा देशलाई खाँचो छ। देश अग्रगमन खोजिरहेछ।’

सिंगो देश उसको विचारबाट प्रभावित भयो। जनताले  कुशल नेतृत्वको भागीदार बनाए। समयको कालखण्डमा ऊ दौडिंदै थियो। एकपटक ऊ भाषणको मैदानमा उत्रियो। उसले दमदार भाषण गर्‍यो। सबैले तालीको गडगडाहटले स्वागत गरे। ऊ भन्दै  थियो, ‘तटस्थ समूह, जिन्दावाद!’

प्रकाशित: ८ फाल्गुन २०७८ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App