कला

डा. खगराज बरालकाे ‘मालामा नउनिएका फूलहरू’ सार्वजनिक

शिखा बुक्सले प्रकाशनले प्रकाशन गरेको लेखक डा. खगराज बरालको गैर आख्यान अनुभूति संग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो सातादेखि बजारमा आएको छ।

साहित्यमा श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सातओटा सिर्जना प्रकाशित छन्। बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा एक दर्जन जति कृति नेपाली पाठकसामु पस्किसकेका छन्।

वास्तविक अनुभूतिलाई पुस्तकका रूपमा ढाल्न खप्पिस बरालका यस अगि ‘सिकाउने शैली’ ९२०७५० तथा ‘सिकाइ र सहयोग’ ९२०७६० नै प्रकाशित भई पाठकहरूबिच निकै लोकप्रिय रहे।

गए वर्ष बरालले आख्यानअन्तर्गत ‘स्यानी’ उपन्यास लिएर आएका थिए। उक्त उपन्यास निकै लोकप्रिय बन्यो।

‘मालामा नउनिएका फूलहरू’मा भिन्नभिन्न बिसओटा अनुभूति सङ्गृहीत छन्। यस अनुभूति संग्रहमा बराल मस्तिष्कले होइन, मनले बोलेका छन्, बरालका अभिव्यक्तिमा बनावटीपन छैन। पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य निबन्ध पाइन्छ। घरपरिवारदेखि विश्व परिवेशसम्मका, स्वेदशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति संग्र्रहमा समावेश छ।

सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले महत्त्वका साथ उठान गरेका छन्। ३२४ पृष्ठको यो पुस्तकको मूल्य ४ सय पचहत्तर रुपैयाँ रहेको छ। ‘मालामा नउनिएका फूलहरू’ पुस्तक फागुनको पहिलो सातादेखि ज्ञानज्योति बुक्स पब्लिेकसन प्रालि बागबजारले वितरणको जिम्मेवारीसहित देशभरका प्रमुख बजारमा ल्याएको छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App