कला

खुसीहरू

कविता

रमेशचन्द्र अधिकारी

फूलहरूले

आफू फुल्नुअघिका

जम्मै दुःखहरू बिर्सिएका हुन्छन्।

फुलिसकेपछि आइरहने

दुःखहरूलाई पनि

सम्झिएका हुँदैनन्।

कति आँखाहरूलाई छलेर

तिम्रा आँखाहरूले

फुल्न आइपुग्नुपर्दछ।

अब कति आँखाहरू

भमरा बन्ने हुन् र बस्ने हुन्

तिम्रा आँखामा।

मुस्कुराएर तिमीले

आँखाबाट खसाली गएका खुसीहरूले  

यस्तै संकेत गरिरहेका छन्।

प्रकाशित: २९ माघ २०७८ ०२:२९ शनिबार

अक्षर