कला

तिम्रै ओठबाट सधैं गुनगुनाउने

गजल

समीर दाहाल

 

बिहानीको घाममा मोती जस्तै टल्किने शीत बनूँ लाग्छ,

तिम्रै ओठबाट सधैं गुनगुनाउने एउटा राम्रो गीत बनूँ लाग्छ।

 

कहिले बादलहरूलाई देख्दा रंगीन हुने कल्पना गर्छु,

तिम्लाई दुखको कमी कहिले नहुने जित बनूँ लाग्छ।

 

सोचेर नि बस्ने गर्छु कहिलेकाहीं तिमीलाई नै कुनै बेला,

एकोहोरो माया मात्रै रहिरहने रीत बनूँ लाग्छ।

 

परिभाषा फरक होलान् मायाको तिम्रा अनि मेरा,

उदाहरण नै बन्ने गरिको छुट्टिनै नसकिने मीत बनूँ लाग्छ।

प्रकाशित: २६ माघ २०७८ १२:१४ बुधबार

अक्षर