तारा केसी
१) मुक्तक
हिउँदको सिरक ओढेर हाँसेको छ बल्थली,
आफ्नै कला र संस्कृतिमा फापेको छ बल्थली।
आभाष छैन रत्तिभर बनावटी कृत्रिमताको,
आफ्नै रूप र सौन्दर्यमा बाँचेको छ बल्थली।
२) मुक्तक
को छ धरामा प्रकृतिझै खुलेको,
आफ्नै रूप सौन्दर्यमा भुलेको।
देख्दै आहा अनुपम लाग्ने जो,
दृश्यदृश्यमा छ जादु झुलेको।
३) मुक्तक
सुनिंदैन कतै कंक्रिट जंगलको खल्बली,
प्रकृतिको अनुपम भण्डार हो बल्थली।
सुन फल्ने फाँट त्यहाँको अनि जल भण्डार,
तस्वीर आइरहने आँखामा छ झल्झली।
प्रकाशित: २२ माघ २०७८ १०:३४ शनिबार