कला

भूल गर्‍यौ चिन्न नसकी को आफ्नो को पराई

गीत

किशन पौडेल

भूल गर्‍यौ चिन्न नसकी को आफ्नो को पराई,

अब के गर्छौ बेकारमा जिन्दगीसँग पछुताई।

अभिमानको आगोले आफ्नै घर सल्काई,

के गर्‍यौ त असुल आफ्नै मन जलाई?

साथ दिंदादिंदै नाता यो तोडेर हिंड्यौ,

आफै बस्नुपर्ने रहेछ घर भत्काएर हिंड्यौ?

साथ मेरो तिम्रो लागि काँडा बिझेझैं थियो,

आज किन याद त्यो आखाँमा बिझ्ने भयो।

प्रकाशित: २२ माघ २०७८ ०७:०६ शनिबार

अक्षर