कला

सेलोले आश्याङ सोलोले

गीत

भिम राई

सेलोले आश्याङ सोलोले

आइराक रोङ्बा ताजी

सेलोले आश्याङ सोलोले।

 

हुस्सु पर्‍यो हिउँ झर्‍यो

आइराक पिउन निउ पर्‍यो

अलिकति चुस्स चाखेको मात्र

मैच्याङले फेरि दिउँ गर्‍यो

सेलोले आश्याङ सोलोले।

 

कोदोको रसले रमरम भो

साथीभाइ भेटियो झन्–झन् भो

रित्तियो गोजी रित्तियो धन

होसमा आउँदा भनभन भो

सेलोले आश्याङ सोलोले।

 

वचन लगाइन् घरकीले

भट्टीमा समातिन् अर्कीले

साथीभाइ पनि टाढिए

मुख छोप्दै भाग्छन् बर्कीले

सेलोले आश्याङ सोलोले।

प्रकाशित: २२ माघ २०७८ ०५:०२ शनिबार

अक्षर