कला

जता मल्कु, उतै ढल्कु बानी तिम्रो देखें

गजल

छविलाल खड्का

चोखो माया पराईतिरै टाँसेका छौ रे,

त्यो मनमुटु सबै उतै गाँसेका छौ रे!

 

जता मल्कु उतै ढल्कु बानी तिम्रो देखें,

उसकै अघि कृत्रिम हाँसो हाँसेका छौ रे!

 

घरकी मुर्गी आलु भन्दै हिंड्छौ रे तिमी,

जनानीको सबै इज्जत मासेका छौ रे!

 

मारे पाप,पाले पुण्य भन्दै सुम्पे माइतीले,

ससुरालीको पूरै विश्वास नासेका छौ रे!

प्रकाशित: २२ माघ २०७८ ०३:२५ शनिबार

अक्षर