कला

गल्ती–दोषहरू लुकाउने म त्यो कुनै नकाब होइन...

गजल

त्रिविक्रम पाण्डे

काँडाहरू माझ मुस्कुराउने म त्यो गुलाफ होइन,

कसैलाई बारम्बार आइरहने म कुनै त्यो याद होइन...।

 

यो जीवनभरि अल्झिएको बल्झिएको पाठ हुँ,

म केवल सवालै सवाल हुँ ठेट कुनै जवाफ होइन...।

 

आफ्नो मुख–मुहार सधैं उही एउटै राख्दछु,

गल्ती–दोषहरू लुकाउने म त्यो कुनै नकाब होइन...।

 

अनुशासन अनि नैतिक बन्धनमा बाँधिएको छु,

नदीझैं निरन्तर मस्त बगिरहने म त्यो बहाव होइन...।

 

झुक्छु हो झुक्छु यहाँ मलाई हर नाता सम्बन्ध चाहिन्छ,

तर अकारण झुकूँ म त्यो स्वार्थी झुकाव होइन ...।

 

मेरा शब्दहरूबाट मलाई कहिल्यै नआँक्ने गर,

पढेर जानिने बुझिने म त्यो कुनै किताब होइन...।

प्रकाशित: २० माघ २०७८ ०२:५३ बिहीबार

अक्षर