कला

क्षमता

कविता

प्रतिमा तामाङ

हेर्छु त्यसैत्यसै सुन्दर त्यो रूपलाई

सुन्छु त्यसैत्यसै मिठो त्यो बोलीलाई

सोच्छु कसले रचे होलान् तिनलाई

यति मेहनतले।

जति हेर्यो उति हेर्न मन लाग्ने

यसो छेउमा गई छुन मन लाग्ने

हरगुणले भरिपूर्ण।

एकै नजरले सबलाई आफ्नो बनाउने,

एउटै मुस्कानले सबैको दिल जित्न सक्ने।

कठोर पत्थर जस्तो मनलाई पनि

एकै बोलीले मैनझैं पग्लाइदिने

छात्ती खोलेर हुन्न भन्नेलाई पनि  

नजर झुकाई हुन्छ भन्न लाउने तिमी।

क्षमता छ तिनमा  

साना, ठुला, अमिर, गरीब

एकै माया,एकै सम्मान दिने गर्छन् सबैलाई

अति महान् व्यक्तित्व सधैं आदर गर्न पाऊँ।

प्रकाशित: १९ माघ २०७८ १४:४२ बुधबार

अक्षर