कला

मानवीय संवेदना हो यो कुनै बहकाउ हैन

गीत

एनवि दाहाल नविन

लेखिरहन्छु मेरो कथा भोगिसकेको भए पनि,

सुनिरहन्छु उनको व्यथा देखिसकेको भए पनि।

माया गर्नेलाई हामीले माया नै दिनुपर्छ,

आवश्यक पर्दाखेरि सहयोग पनि लिनुपर्छ।

मानवीय संवेदना हो यो कुनै बहकाउ हैन,

साँच्चि नै हो मायाप्रीति कुनै झकिझकाउ छैन।

बोलूँ भने बात छैन बुढो रुखमा पात छैन,

बोल्दाखेरि मात हुन्छ कुनै यो मतलबी साथ हैन।

प्रकाशित: १६ माघ २०७८ १३:४० आइतबार

अक्षर