कला

उद्धार

लघुकथा

म्यामराज राई

‘मलाई चाहिँ कस्तो लाग्छ?’ रमाले सबै गुरुहरूका गुण बयान गर्दैगर्दा बीचमै कक्षा शिक्षक शरद सरले रोके।

‘तपाईको बारेमा व्याख्या गर्न शब्दकोशमै शब्द भेटिन्न। घरको अभिभावकझैं कक्षाको तपाई। मेरी आमा एक्लैले बहिनीसँग मलाई पढाउने क्षमता थिएन। म पनि भविष्यमा समुदाय, विद्यालय र विद्यार्थीबीच सबैको तपाई जस्तै अनुकरणीय व्यक्ति बन्न चाहन्छु।’ रमाले शरद सरको राम्रो स्वभावबारे व्याख्या गर्दै भविष्यमा असल शिक्षक बनेर देशको सेवा गर्ने आफ्नो चाहना समेत व्यक्त गरिन्।

शरद सरले मनको कुरा फ्याट्टै पोख्यो, ‘बहिनी र तिम्रो लक्ष्यमा पुग्न तथा तिमीहरूका आमालाई एकल महिलाको दर्जाबाट मुक्त गर्न शतप्रतिशत म तयार छु। तिमी के भन्छ्यौ?’ 

झण्डै पाँच वर्षअघि एकै सालमा उहाँको श्रीमती र बुवा बितेपछि आफ्नै सन्तान सरह माया र पढाइमा लगानी गरिदिंदै गरेको सम्झेर रमा एकछिन टोलाइन्। नबोली सरासर घर फर्किन्।

रमाले सारमा आमालाई सुनाइन्, ‘छोरीहरूसित कुरा गर्न डर लाग्छ भनेकी थिएँ। यसलाई शरद सरले भन्नुभएछ।’ आमाले मनमनै सोचिन् र मुख खोलिन्, ‘तिमीहरूको भविष्यको चिन्ता लाग्छ छोरी।’

भोलिपल्ट रमाले शरद सरलाई डाँडाको मन्दिरमा बिहे गर्न बोलाई यताबाट आमा लिएर गइन्।

प्रकाशित: १६ माघ २०७८ ०९:४६ आइतबार

अक्षर