कला

नयाँ शहीद दिवस

कविता

प्रभात पौड्याल

नयाँ शहीद दिवस

प्राय:

मानिसका हल्ला

गाडीको धुवाँ

शहरको धुलोमा

निशब्द एकोहोरो टोलाइरहने

देश प्रेमका लागि

बाँच्न नपाएका शहीदहरू

देख्दा लाग्छ कि

देशको मुहार फेरिने आशमा

क्रान्ति फेरि दोहोरिने विश्वासमा

घण्टाघरको टुङटुङ सुन्दै

प्रजातान्त्रिक  सपना बुन्दै

कुरिरहेछन्

एक अर्को शहीद

जो आफ्नो सपना मारेर

देखिरहेछ नयाँ सपना

र लेखिरहेछ  नयाँ कविता

आफूलाई बिर्सेर

हराउँदै ती कुराहरूमा

जस्ले मनलाई बनाइरहेछ

शहीद

र मनाइरहेछन् 

नयाँ शहीद दिवस।

प्रकाशित: १६ माघ २०७८ ०६:४५ आइतबार

अक्षर