कला

सघाउँदै यहाँ लडेकालाई उठाएर हेर

गीत

त्रिविक्रम पाण्डे

स्वतन्त्र छ धड्कन पहरा लगाएर हेर,

लुक्दैन प्यार नपत्याए लुकाएर हेर।

नयन अनि मुहारबाट उसै आफैं झल्किन्छ,

प्रेमप्यारमै त्यो मानव जिजीविषा पल्किन्छ।

माया नै माया यो दुनियाँ संसार मायाजाल,

सुरु अन्त्य जन्म मृत्यु, जीवन क्या कमाल।

सुसुप्त त्यो मन मायाले जगाएर हेर,

लुक्दैन प्यार नपत्याए लुकाएर  हेर।

सल्के फेरि ननिभ्ने प्यार हो, त्यो आगो,

भुइँमा झर्ने पहराबाट झर्ना खोला छाँगो।

अल्झेका छन्, बल्झेका छन् प्यारमै नरनारी,

मायाले  हलुंगिन्छ गह्रौं जिन्दगीको भारी।

सघाउँदै यहाँ लडेकालाई उठाएर हेर,

लुक्दैन प्यार नपत्याए लुकाएर हेर।

प्रकाशित: १५ माघ २०७८ ११:२६ शनिबार

अक्षर