कला

म यो संसारबाट उम्किदा नरुनु आमा,

गजल

सुरेश कार्की ‘निसाद’

म यो संसारबाट उम्किदा नरुनु आमा,

चितामा मेरो दागबत्ती दिदा नरुनु आमा।

 

एउटा दियो बालिदिनु फोटोको अघि,

साथीहरूले मेरो नाम लिंदा नरुनु आमा।

 

यो नियम यस्तै छ आएपछि जानै पर्ने,

कोही कसैले मलाई सम्झिदा नरुनु आमा।

 

आजभोलि भन्दै यसै बितिदिन्छ समय,  

मलाई घर्काले पनि बिर्सिदा नरुनु आमा।

 

सिलाउने छन् बाबाले दुखका प्वालहरू,

हाँसो खुशी सुख च्यातिदा नरुनु आमा।

प्रकाशित: १५ माघ २०७८ ०४:२१ शनिबार

अक्षर