कला

लाकोजूको पनौतीको बाह्रवर्षे मकरमेला लोकार्पण

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौतीको बाह्रवर्षे मकरमेला र अंग्रेजीमा लेखिएको मकरमेला अफ पनौती नामक पुस्तक लोकार्पण गरिएको छ। सो पुस्तक पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, आख्यानकार तथा समालोचक प्रभा बराल, साहित्यकार लाकोजूले संयुक्त रूपमा लोकार्पण गरे।  

कार्यक्रममा नगर प्रमुख न्यौपानेले पनौतीको बाह्रवर्षे मकरमेला नामक पुस्तकले मेलालाई चिनाउने एक पठनीय कृति भएको बताए। सर्जक लाकोजूले पुस्तकले पनौतीको ऐतिहासिक महत्वको मेला बारे परिचय दिने बताए।

यस्तै, साहित्यकार तथा समालोचक प्रभा बरालले पुस्तक पनौतीलाई बुझ्नका लागि अत्यन्त जानकारी मूलक रहेको बताइन्। अंग्रेजीमा समेत प्रकाशित पुस्तकले पनौती नगरलाई स्वदेशमा मात्र होइन विदेशमा समेत थप परिचित गराउन मद्दत गराउने उनले बताइन्।

कार्यक्रमकै क्रममा कवि सूर्यप्रसाद लाकोजूद्वारा रचित, विजयराम कर्माचार्यको स्वर,  सुरेन्द्र श्रेष्ठको सङ्गीत रहेको एतिहासिक नगर पनौती को गीत सार्वजनिकरण गरिएको थियो। कार्यक्रममा नगर प्रमुख न्यौपानेसहित उद्योग वाणिज्य महासंघ काभ्रेका अध्यक्ष राजेन्द्र पसछे, गायक विजयराम कर्माचार्य, सुरेन्द्र श्रेष्ठ लगायतले लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: २ माघ २०७८ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App