कला

भूगोल साहित्य समाजको कविगोष्ठी

‘भूगोल साहित्य समाज’ले ३००औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विशेष कविगोष्ठी आयोजना गरेको छ। कार्यक्रममा स्रष्टाहरूले नेपाल एकीकरणका नायकप्रति आफ्ना रचना मार्फत स्मरण र सम्मान गरे।

वरिष्ठ साहित्यकार लव गाउँलेको प्रमुख आतिथ्य तथा सुशिल श्रेष्ठ, उद्धव खनाल र भैरव हमालको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गरेका थिए।

कार्यक्रमका वक्ताहरूले नेपालको इतिहासमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाल र नेपालीले भुल्न नसक्ने र भुल्नै नहुने बताए। कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्याल तथा कवि भूिप शेरचनप्रति पनि हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो।

दुई घण्टा जति चलेको कार्यक्रममा कविहरू लव गाउँले, पुनम घिमिरे, मुकुन्द अर्याल, नरराज आचार्य, प्रकाश घायल,ओम आचार्य, लव खड्का, निशा केसी, महेश रिजाल, गुप्तबहादुर श्रेष्ठ, रेणु अधिकारी, मन्दिरा मधुश्री, बुद्धिराज पाण्डे, राधिका गुरागाई, धरणीधर गुरागाई, विमला खड्का, एलपी पराजुली, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्की, दिनेशविक्रम थापा,नवराज पुडासैनी ज्योत्सना, शैलेन्द्र कुमार शाह लगायतले कविता,गजल,मुक्तक, छेस्का,रम्बास आदि रचना वाचन गरेका थिए।

‘भूगोल साहित्य समाज’ राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरूद्वारा भाषा र साहित्यको उन्नयनको उद्देश्यले गठन गरिएको साहित्यिक संस्था हो। तीन वर्षदेखि क्रियाशील यस संस्थाको कार्यालय दरबारमार्ग, काठमाडौमा छ। यससँगै समाजले चौधौं रचना वाचन श्रृङ्खला पूरा गरेको छ।

प्रकाशित: १ माघ २०७८ ०३:४० शनिबार

अक्षर