कला

आँखाभित्र राखूँ कि मुटुमा लुकाऊँ

गीत

नवराज शर्मा

आँखाभित्र राखूँ कि मुटुमा लुकाऊँ,

आँखा लाग्ला वैरीको कहाँ सजाऊँ।

धेरै माया गर्दा आँखा लाग्छ भन्छन्,

भन अब तिमीसँग कहाँ म हराऊँ।

 

दुनियाँको बेहोर वैरी चियोचर्चा गर्छ,

आँखाभरि ईर्ष्याको आगो बोकी हिंड्छ।

मिठो बोली लुकीछिपी घात गर्न खोज्छ,

भन मेरो मायालाई कसरी जोगाऊँ।

 

आँखा मेरो आँखा तिम्रोसँगै बस्न खोज्छन्,

हात पाइला तिम्रा मेरा साथसंग खोज्छन्।

सोचेको होइन लेखेको मात्र पुग्छ भन्छन्,

उल्टो नलेख भावी भनी कसरी सम्झाऊँ।

प्रकाशित: २९ पुस २०७८ ०७:१३ बिहीबार

अक्षर